सर्लाही, ३० जेठ । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नं को मोटरसाइकल एकापसमा गए राति करीब साढे १० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र […]
मुख्य समाचार
वायुसेवा निगममा चरम बेथिती, उच्च अधिकारीहरु नै रातोदिन जहाज कसरी थन्काउने भन्ने बुन्छन योजना
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफू निगममा नियुक्तभएदेखि निकै जोडतोडका साथ निगमका लागि जहाज किन्न दौडधुप गरे । निगममा जहाज नै नभएको र जहाज उडाएर कमाउने कम्पनीले जहाज नै नभएपछि कसरी कमाउँछ भन्ने प्रश्न गर्दै उनले अनेक लविङ गरे । त्यो उनको लविङ निगमका लागि जहाज किन्नैका लागि थियो वा जहाज किन्दा […]
भारतको गुजरातमा समुद्री आँधीको चेतावनी, तीन लाख मानिस सुरक्षित स्थानमा सारियो
एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउने चेतावनी पछि मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको छ । पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ । वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले त्यो आँधी पोरबन्दर […]
संविधानसभा पदकका नाममा राज्यको साढे चार करोड झ्वाम् !
सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्यो। विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा प्रमाणपत्रसँगै सुन र चाँदी मिसिएको पदक दिइएको हो। तर पदक वितरणका लागि भएको खर्चको औचित्यका बारेमा सर्वसाधारणदेखि सांसदसम्मले प्रश्न उठाएका छन्। नेपाली […]
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो। प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो। यस अघि उसले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित […]
रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी
एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन् । उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका […]
अस्थायी शिक्षकको मुद्दामा संवैधानिक इजलाशमा बहस सकियो, शिक्षक विज्ञापन खारेज होला ?
काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार अन्तिम बहस भएको छ । मुद्दाको अन्तिम फैसला असार १८ गते आउने सर्वोच्च अदालतले जनाएको छ । मुद्दामा अन्तिम बहस भएसँगै अब आउने फैसलाले अस्थायी शिक्षकहरुको भाग्यको फैसला गर्ने छ । यसले शिक्षक सेवा आयोगले सञ्चालन गरेको अस्थायी […]
हङ्कङ सुपुर्दगी कानुन विवाद: प्रदर्शनकारीद्वारा सरकारी भवन घेराबन्दी, विरोध चर्किने चिन्ता
हङ्कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्। सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्कङको विधायन परिषद्अगाडि प्रदर्शनकारीहरू रातभरि जाग्राम बसेका थिए। तर बेइजिङ निकट मानिने हङ्कङकी नेत्रीले त्यो विधेयक फिर्ता नहुने अडान राखेकी छन्। प्रस्तावित विधेयकले हङ्कङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि […]
विप्लवका कार्यकर्ताले गरे स्थानीय निकायको कार्यालयमा तोडफोड
जाजरकोट , २९ जेठ । जाजरकाेटकाे नलगाड नगरपालिकाकाे एक वडा कार्यालयमा ताेडफाेड भएकाे छ । जाजरकाेटकाे पूर्वी क्षेत्रमा रहेकाे नलगाड नगरपालिकाकाे वार्ड नं १० काे कार्यालयमा ताेडफाेड भएकाे हाे । उक्त ताेडफाेड नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गरेकाे थाहा भएकाे छ । केही नचिनिएका मानिसहरु आएर ध्यारगाउँमा रहेकाे वडा कार्यालयकाे कुर्सी, दराज, कागजात […]
विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास
काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]











