काठमाडौँ । अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रुसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका हुन्। तर अमेरिकाले भने रूसी राष्ट्रपति […]
मुख्य समाचार
होर्मुज स्ट्रेटलाई लिएर इरानको रिभोलुसनरी गार्डले दियो यस्तो चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको २४ घण्टे अल्टिमेटमको बीचमा इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले चेतावनी दिएको छ। यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्र वा पावर प्लान्टहरूमा हमला गरेमा रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ पूर्ण रूपमा बन्द गरिदिने उसले घोषणा गरेको हो। गार्डले इरानी सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा भनिएको छ, ‘यदि इरानको […]
आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख […]
क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद
काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल छन्। सुरूमा प्रहरीले चैत ६ गते सामाखुशीबाट रेउलेलाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरेपछि […]
अस्पताल भवन अलपत्र पारेपछि ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर […]
इसराइलको हवाई प्रतिरक्षा प्रणालीलाई चक्मा दिँदै इरान हान्यो मिसाइल, सयजना बढी घाइते
एजेन्सी । इसराइलको आकाश विश्वकै सुरक्षित मध्येमा पर्छ। आयरन डोम, डेविड्स स्लिङ र एरो प्रणालीजस्ता बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीले इसराइलमा ‘शत्रु’ ले प्रहार गर्ने हवाई हतियारहरू आकाशमै नष्ट गर्छ। यी प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई तह–तहमा रोकेर नष्ट गर्न सक्ने क्षमता राख्छन्। पछिल्ला वर्षहरूमा प्यालेस्टाइनबाट हमास, लेबननबाट हिजबुल्लाह लगायतले इसराइलका सहरमा लक्ष्य गरी […]
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ ज्ञापन गरेका थिए। ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो […]
इरानले पहिलो पटक प्रयोग गर्यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल
काठमाडौँ । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानले तीन साताको युद्धमा पहिलो पटक यति […]
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, […]
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए । त्यस्तै, गृहमन्त्री […]











