मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार साउन १२ गतेको बैठकमा अन्तिम निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल […]
मुख्य समाचार
कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव
हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् । ‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा […]
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या, २ घाइते
हेटौंडा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो । २६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख […]
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि
भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनाको अवधिमा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । गत असार महिनामा सम्पन्न यी सबै प्रत्यारोपणहरू शतप्रतिशत सफल समेत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै […]
सिन्धुलीको हायु परिवार फेला, सामाजिक सञ्जालभरि ‘रेला’!
सिन्धुली । चार दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर-६ स्थित दुर्गम गाउँका हायु परिवार सम्पर्कमा आएका छन् । १६ जना सदस्यसहितको एकै परिवार बेपत्ता बनेको खबरले सोमबार देशभर सनसनी मच्चिएको थियो । उनीहरू पोखरामा सकुशल फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्ठि गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई स्थानीयको घरमा उनीहरू फेला परेका बताइएको […]
सूर्यविनायक खेलकुद विकास समितिको सदस्य सचिवमा दिपक थापा नियुक्त
भक्तपुर । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिको सदस्य सचिव पदमा दिपक थापा नियुक्त भएका छन् । सोमबार नगर प्रमुख बासुदेव थापाले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन्। सो अवसरमा नगर प्रमुख थापाले दिपक थापाले यस अघि खेलकुद क्षेत्रमा देखाएको सफल नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा समितिको सशक्त नेतृत्व गर्ने अपेक्षा गरे।“नगरपालिकाले उहाँमाथि ठूलो आशा राखेको […]
मध्यपुर थिमिमा अपाङ्गता भएकालाई स्कुटर र विविध सहायक सामाग्री वितरण
भक्तपुर । मध्यपुर थिमि नगरपालिका-५ का ३९ वर्षिय लक्ष्मीभक्त भासिमा कलाकार हुन् । १६ वर्षको उमेरमै स्पाइनल ट्युमरका कारण उनी अपाङ्गताको सिकार बने । हिँडडुल गर्न नसक्ने भएपनि उनले हरेस खाएनन् र थाङ्का चित्र बनाउने कलामा पारङ्गत बने । अपाङ्गतालाई चुनौती दिदैँ उनी अहिले सक्रिय श्रमजीवी जीवन बिताइरहेका छन् । अपाङ्गताका बाबजुद समाजमा उदाहरणीय बनेका […]
सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कबिहीन, खोजीमा प्रहरी परिचालन
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन् । गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले बताए । साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ […]
एकसाथ सचिवमा बढुवा भए दुई महिला सहसचिव
काठमाडौं । नेपाल सरकारका दुई महिला सहसचिव एकसाथ सचिवमा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् […]
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला
विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए । उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू) हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको […]