काठमाडौं । साउनदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अनुसार सरकारले लागू गरेको १३ प्रतिशत थप करको मूल्य कायम राख्दै इन्टरनेटमा लाग्ने शुल्कमा वृद्धि हुने भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्य साउनदेखि बढाउने […]
मुख्य समाचार
आज खण्डग्रास चन्द्रग्रहण, यि राशीकालाई हुनेछ फलिफाप
काठमाडौँ । आज राति १ बजेर ४६ मिनेट देखि भोलि बिहान ४ बजेर ४५ मिनेट सम्म चन्द्र ग्रहण लाग्दैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको हो । ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग […]
मोर्चाबन्दी बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच यस्तो सहमति
काठमाडौं, ३१ असार । पार्टी अध्यक्षद्वयको मनोमानी चल्न थालेको भन्दै अरु नेताहरुले मोर्चाबन्दी गर्ने खतरा बढेपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनबारे सहमति जुटेको छ । पार्टी एकता भएको वर्षौ बित्दा पनि सांगठनिक कार्यविभाजन र विभागहरु गठन नभएपछि सत्तारुढ दल नेकपामा व्यापक असन्तुष्टि बढेको थियो । पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका […]
फेसबुकबाट १ महिनामै ८० लाख ठग्ने गिरोह प्रहरी नियन्त्रणमा
काठमाडौ, ३१ असार । ‘सस्तो बेसाए पखाला लाग्छ’ भन्ने नेपालीमा एउटा उखान नै छ । तरपनि मानिसहरु सस्तोको पछि दौडने गर्नाले ठगहरुलाई ‘के खोज्छस नेत्रविहीन- आँखा’ भनेझै भएको छ । सस्तो सामान उपलब्ध गराइदिने भन्दै सामाजिक संजालमा आएका सूचनाहरु पत्याइहाल्ने र पैसा फ़साइहाल्नेहरु ठगको चंगूलमा परेका पनि हुन्छन । यस्तै सूचनामा विश्वास गर्दा ठगिएकाहरुको जाहेरीको […]
योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा
काठमाडौं । राजनीतिक नियुक्ति पाएका प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । कार्यकालको १३ महिनामै उनले राजीनामा दिएका हुन् । राजनीतिक नियुक्ति प्राप्त गर्न मानिसहरु लालाहित बनिरहदा देवकोटाले किन राजीमा दिए भन्ने कुरा अर्थपूर्ण रहेको छ । कतिपयले असन्तुष्टिका कारण राजीनामा आएको आंकलन गरिरहदा उनले […]
गुन्डा नाइके निमा प्रहरी फन्दामा
काठमाडौं, ३१ असार । गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्। उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘पत्रकार समेतलाई धम्क्याएको लगायतकाे अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ।’ लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनी जुवा अखडाहरूमा गएर धम्क्याउने […]
लोकसेवा विज्ञापनविरुद्ध माइतीघरमा वृहत्त जनप्रदर्शन हुँदै
काठमाडौं, ३१ असार । लोकसेवाको विज्ञापनविरुद्ध आज मंगलबार काठमाडौंको माइतीघरमा वृहत्त जनप्रदर्शनको आह्वान गरिएको छ ।आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आज ११ बजे माइतीघरमा जुलुससहित वृहत्त जनप्रदर्शन हुन लागेको हो । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानिय तहमा गरेको विज्ञापनको विरोध गर्दै आदिवासी […]
एकातिर वार्ताको हल्ला अर्कोतिर धमाधम कार्यकर्ता पक्राउ
काठमाडौं, ३१ असार । सरकारले वार्ताकाे हल्ला गरिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार उनीहरुलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा उक्त नेकपाका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल […]
शिक्षक लाइसेन्सको विज्ञापन अन्योलमा, १ महिना बितिसक्दा पनि परीक्षाको मिति तय हुन सकेन
शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन भएको झण्डै एक महिना बितिसक्दापनि शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गर्न सकेको छैन । जसले गर्दा लाइसेन्सको फारम भरेका लाखौं परिक्षार्थी अन्योलमा परेका छन् । फारम भर्ने काम लभगभ अन्तिम चरणमा पुगेपनि आयोगले परीक्षाको मिति तय नगर्दा परीक्षा तयारीमा समस्या परेको लाइसेन्स परीक्षाको तयारी गरिरहनुभएकी पाल्पाका संगिता आर्यालले बताउनुभयो […]
निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीलाई कैद फैसला
काठमाडौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस डा. राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो । अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका […]











