चिप्लेढुङ्गा, २४ साउन । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य […]
मुख्य समाचार
सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन
बेझाड, २४ साउन । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा […]
निर्माणाधीन मोटरेबल पुल अलपत्र
तनहुँ, २४ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो । लामो समय बितिसक्दा पनि ठेकेदारले पुल निर्माणमा चासो नदिँदा अलपत्र बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले बताए । शुरुमा काठमाडौँस्थित जयबाबा जेभी […]
काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, गोली लागेर एक घाइते
काठमाडाैं, २३ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीकाे गोली लागेर लोप्साङ लामा भन्ने मिलन तामाङ घाइते भएका छन् । अपराध महाशाखाका […]
जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा
पोखरा, २४ साउन । जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास […]
जहाँ सूचना अधिकारी नै छैनन्
जाजरकोट, २४ साउन । यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट […]
लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शिशु चोर्ने महिला कारागार चलान
पाल्पा, २४ साउन् । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट शिशु चोरी अभियोगमा पक्राउ गरेकी स्याङ्जाको गल्याङ नगरपालीका–५ की विमकला पाण्डे पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको इजलाशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले जानकारी दिए । उनलाइ थुनछेक बहस पछि कारागार चलान […]
२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल
पर्सा,२४ साउन । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक गौचरन जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक […]
मध्यरातमा भीषण आगलागी हुँदा दर्जन बढी फर्निचर पसल खरानी, ठूलो विनाश ट¥यो
बाँके, २४ साउन । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार […]
एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते
धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]











