बायर्न म्युनिखकाे नयाँ रेकर्ड एकै खेलमा २३ गोल, ५ खेलाडीले गरे ह्याट्रिक (भिडियोसमेत)

काठमाडौं, २४ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा शनदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो । सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस […]

शिक्षक लाइसेन्सको परीक्षाको मिति तय, परीक्षा असोज ९, १० र ११ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षाको मिति सार्वजनिक गरेको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको छ । परीक्षा केन्द्र पछि […]

फेरि सेनाका दुई जर्नेलको जन्ममिति विवादमा, आखिर किन आउँछ सुरक्षा निकायका उच्च तहमा उमेर विवाद

काठमाडौ, २२ साउन । नेपालको सुरक्षा निकायमा उमेर विवाद स्थायी रोगजस्तै भएको छ । नेपाली सेना र प्रहरीका उच्च तहका धेरै अधिकृतहरुको उमेर विवाद आइरहन्छ । यसैक्रममा नेपाली सेनाका दुई सैनिक उच्च अधिकृतको जन्ममिति विवादमा आएको छ। नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र उपरथी ताराध्वज पाण्डेको जन्ममिति शैक्षिक योग्यता प्रमाणपत्रमा फरक देखिएपछि उनीहरु विवादमा […]

पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत दरवारमार्गको शेर्पा मलमा सात लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, २३ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत करिव सात लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई रंगेहात पक्राउ गरेको हो । कोइरालालाई आयोगको टोलीले दरवारमार्गमा रहेको शेर्पा मलबाट समातेको हो । टोलीले उनको साथबाट ६ लाख ७५ हजार घुस रकम […]

पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !

बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै […]

पञ्चेश्वर बाँधस्थलमा चट्टान परीक्षण

कञ्चनपुर, २३ साउन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ ।नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र पावरहाउस रहने स्थानमा चट्टान परीक्षणको कार्य गर्न लागेका हुन् । “डडेल्धुराको रुपाली गाडमा चट्टानको अवस्था परीक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजनाका सहनिर्देशक चिरञ्जीवी चटौतले भन्नुभयो, “पञ्चेश्वर क्षेत्रमा कार्य शुरु […]

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुङ्गा, २३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ । पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान […]

माइक्रोको ठक्करबाट बालकको मृत्यु

चितवन, २३ साउन । पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् । काठमाडौँबाट पोखरा जाँदै गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष […]

वर्षमान पुन: दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइन पुग्छ

काठमाडौँ, २३ साउन । सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ ।केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको भन्दै यही साउन २१ गते […]

करेण्ट लागेर बालकको मृत्यु

बनेपा, २३ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको […]