भूल स्वीकार्दै आयोगले सच्चायो मध्यमाञ्चल क्षेत्रको निमावि अंग्रेजी विषयको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको हो ।

अन्य नतिजा यथावत रहेपनि योग्यताक्रमको क्रम संख्या २३ देखि २७ सम्ममा भूलवश अन्यको नाम पर्न गएको भनि नयाँ नाम सहितको योग्यताक्रम सार्वजनिक गरीएको हो । निमावि तहको मध्यमाञ्चल क्षेत्रमा खुलातर्फको अंग्रेजी विषयमा ३२ दरबन्दीमा विज्ञापन भएको थियो । साथै, ४ जनाको नाम वैकल्पिकमा निस्किएको थियो । अब २३ देखि २७ सम्मको योग्यताक्रममा एउटै मान्ेका नामहरु दोहरिएको थियो ।

विहिवार सार्वजनिक नतिजाको योग्यताक्रममा रामलखन थारु(बर्दिया) २३ र २६ नम्बर योग्यताक्रममा, ठगेन्द्रप्रसाद खड्का(बर्दिया) २४ र २७ थिए । बाँकी नतिजा यथावत रहेको आयोगले जनाएको छ ।

सच्चिएको नतिजा

Loading...