हाम्रो रकमबाट हाम्रै सम्पदा बन्छ- मेयर शाक्य

काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सम्पदा संरक्षण, पुनर्निर्माण नगरवासी नागरिककै रकमबाट हुने बताएका छन् ।

गुठी विधेयकको सम्बन्धमा खड्गी समुदायसँगको एक कार्यक्रममा मेयर शाक्यले बाहिरी रुपमा नदेखिए तापनि विवादित गुठी विधेयक फिर्ता लिन आफुले भूमिका खेलेको बताए ।

सम्पदा जीवन्त बनाईराख्न नेवार समुदाय भित्रका गुठिका गुठियारहरु सबै एक ढिक्का हुनुपर्ने उनले बताए । सबै एकैस्ठानमा बसेर व्यापक छलफल गरी आएको निष्कर्ष सल्लाह सुझावलाइ सरकारसम्म पुर्याउन अाफू सधै तयार रहेकाे उनकाे भनाइ थियाे । त्याे मध्यस्तताको भूमिकामा महानगर सदैव लाग्ने पनि उनले बताए ।

अब युवा पुस्तालाई समाजले अग्रणी भूमिका दिनुपर्ने पनि उनकाे भनाइ थियाे । त्यसका साथै कहिकतै मूर्त अमूर्त सम्पदा निर्माण गर्नु परे महानगर सदैव तैयार रहने उनले बताए । उनले जतिखेर पनि आन्दाेलन मात्र उठाउन खाेज्ने र अराजक फैलाउन केेही गलत मनसाय भएका मानिसहरु पनि लागेकाले उनीहरुप्रति सचेत हुनुपर्नेमा जाेड दिए । उनीहरुले नागरिकलाई भ्रमित बनाउन खोजिरहेको भन्दै उनीहरुकाे असलियत र वास्तविकता बुझ्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका अन्तर्गतका सम्पदा तथा पर्यटन समितिका अध्यक्ष न्हुच्छे काजी महर्जनले अझै नयाँ विधेयक आउनसक्ने भएकोले सबैले सल्लाहमा व्या्पकता दिनु जरुरी रहेको बताए । उनले सम्पदा, पर्यटन समितिको उद्देश्य नै यही रहेको बताए ।

त्यसैगरी नेपाल खड्गी सेवा समितिका अध्यक्ष अन्जिता खड्गीले समुदायले खेल्नुपर्ने भूमिकामाथि प्रकाश पारिन । समितिका संस्थापक अध्यक्ष मनोज नेवा खड्गीले सबै गुठियारको सरसल्लाहबाट मात्रै नयाँ विधेयक आउनु पर्ने बताए । सबैकाे सल्लाह र सुझाव अनुसार नयाँ विधेयक अाए त्यसमा सबैले सहयोग गर्नुपर्ने आग्रह गरे ।

Loading...