वडाअध्यक्षमाथि यसरी दलियो कार्यकक्षमै कालोमोसो, विप्लव खोज्दै प्रहरी

काठमाडौं, ३० साउन । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै कालाे मोसो र चप्पलको माला लगाइदिएको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो । बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले […]

मकैबारीमा अकस्मात अवतरण, सय भन्दा बढि यात्रु सकुशल

साउन, ३० रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । सो विमान […]

एक वर्ष बित्न लाग्दा भेटिएनन् पत्रकार तेजु

डोटी, ३० साउन । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन सकेको छैन । विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उनि सम्पर्कविहीन भएका थिए । बेपत्ता भएदेखि […]

बेलायतीलाई नेपाली बालबालिका बेच्ने बालमन्दिरका निर्देशक बालकृष्ण पक्राउ

काठमाडाैं, ३० साउन । नक्सालमा रहेको नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनले बेलायती नागरिक डिना स्मिथलाई १२ दिनकाे शिशु चार लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको दाबी छ। बेलायति नागरिक डिना स्मिथ बच्चा बोकेर बेलायत फर्किने क्रममा विमानस्थल अध्यागमनले आशंका गरी […]

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?

काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए ।  पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले […]

राष्ट्रिय सम्मानसहित साहित्यकार दिक्षितकाे अन्त्येस्टी

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अपराह्न गरिएको अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी […]

बजार व्यवस्थापन गर्दै तुलसीपुर उपमहानगर

तुलसीपुर, ३० साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन अभियान शुरु गरेको छ । सोहीअनुसार बुधबार तुलसीपुरका सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाँको फुटपाथ व्यवसाय व्यवस्थापन, मदिरा व्यवस्थापन गर्न छलफल गरिदिएको हो । उपमहानगरपालिकाले यसअघि नै यहाँको फुटपाथ हटाउन शुरु गरेको भए पनि प्रभावकारी हुन नसकेको भन्दै थप […]

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

काठमाडौँ, ३० साउन । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति लाइसेन्स पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल […]

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो

ललिपुर, ३० साउन । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पु¥याएको योगदानको बारेमा चर्चा गरियो । ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका माइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको […]

सीमा अपराध नियन्त्रणमा चुनौती

बाँके, ३० साउन । बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपाल–भारत जोड्ने साना ठूला बाटाहरु छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । बाँके जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् । भएका सुरक्षा कार्यालय पर्याप्त छैनन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ […]