दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]
मुख्य समाचार
निर्वाचन आयोग किन गर्दैछ ५० पदका लागि ४० करोड खर्च
काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई […]
विकासको श्रृङ्खला चलाउन गाउँपालिकाले नै सुरु गरे पञ्चवर्षीय योजना
कञ्चनपुर, ३ भदौ । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत […]
एसईईको ग्रेड वृद्धि परीक्षामा अचम्म दृष्य, विद्यार्थीभन्दा निरीक्षक धेरै
घोराही, ३ भदौ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यमिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि […]
तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ
परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए […]
मन्त्रिपरिषद बैठकमा फेरि रोकियो बहुप्रतिक्षित नयाँ शिक्षा नीति,
काठमाडौं । सोमवार मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]
शिक्षकको सेवा सुविधा निजामतिको भन्दा बढी बनाउने गरी ल्याइएको शिक्षा नीतिको पूरा पाठ यस्तो छ
काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ । मन्त्रिपरिषद अन्तर्गत सामाजिक समितिले यसअघि नै पारित गरी नीतिकाे मस्याैदा मन्त्रिपरिषदमा पेश भएकाे हाे । शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा […]
क्यान्सर पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग
पोर्चुगल, २ भदौ । रक्त क्यान्सरबाट पीडित लमजुङ बेशीशहर नगरपालिका–९ की १९ वर्षीया सुषमा दीक्षितको उपचार सहयोगार्थ सङ्कलन गरिएको रकम नेपाल पठाइएको छ ।यहाँ सञ्चालन गरिएको ‘रक्त क्यान्सर पीडित सुषमा बचाउ अभियान’ अन्र्तगत सङ्कलन गरिएको एक हजार २६६ युरो अर्थात् रु एक लाख ५८ हजार ५०० सहयोग रकम नेपाल पठाइएको अभियानका अभियानकर्मी सुनिल ढुङ्गानाले जानकारी […]
तिलिचोप्रति आकर्षण बढ्दै
मुस्ताङ, २ भदौ । विश्वकै अग्लो स्थानमा रहेको ताल सुन्दा पनि जोकोहीलाई एक पटक पुगु जस्तो लाग्नु स्वभाविकै हो । पछिल्लो समय तिलोचो पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तिलिचोप्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटकलाई सहजरुपमा त्यहाँ पु¥याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा मुस्ताङको ठिनीबाट तिलिचोको आधारशिविर नमखुसम्म यतिखेर सडक विस्तार भइहेको छ । […]
राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार
काठमाडौँ, २ भदौ । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ । राजश्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि […]











