क्रान्तिकारी माओवादीद्वारा जग्गा कब्जा

२३ साउन, कैलाली । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उक्त शिविर कब्जा गरेको हो । क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको […]

मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिने अल्टिमेटम

२३ साउन, क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो […]

आनुवांशिक स्रोतमा पहुँच तथा लाभसम्बन्धी गोष्ठी

विराटनगर, २३ साउन । आनुवांशिक स्रोतमा पहुँच तथा लाभको निष्पक्ष तथा समन्यायिक बाँडफाँटसम्बन्धी कानून बन्नुपर्ने आवश्यकता औँल्याइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित आनुवांशिक स्रोतमा पहुँच र लाभको बाँडफाँटसम्बन्धी रणनीति तथा कार्ययोजना तर्जुमा परामर्श कार्यशाला गोष्ठीमा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । आनुवांशिक स्रोत र सोसँग सम्बन्धित आदिवासी जनजातिलगायत […]

शुद्धीकरण गरेको पानी वितरण

लम्की, २३ साउन । कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराए […]

तीज भड्किलो नबनाउन अपिल

काभ्रेपलाञ्चोक, २३ साउन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको […]

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]

बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि सिङ्गो गाउँ अन्धकारमा

बलेवा, २३ साउन । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, […]

छोराछोरीसहित नारायणीमा पसेकी निर्दयी आमाले लिइन् अबोध बालबालिकाको ज्यान

आफ्नो छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक निर्दयी आमा बाचेकी छन् तर घटनामा अबोध बालबालिकाको ज्यान गएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ की २४ वर्षिया सुधा विश्वकर्मा छोराछोरीसहित नारायणीमा हाम फालेकी थिइन् । विश्वकर्मालाइ स्थानीयले बग्दै गर्दा उद्धार गरेका थिए तर उनका १ छोरा र १ छोरीले ज्यान गुमाएको प्रहरीले जनाएको छ । विश्वकर्माका साढे दुई […]

भूगर्भविद्को निष्कर्ष: गुल्मीको ठूलोलुम्पेक गाउँ नै जोखिममा रहेको

गुल्मी – २३ साउन गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको भूगर्भविद्को भनाइ छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ । विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर […]

एक वर्षदेखि तलब नपाएको भन्दै शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

जाजरकोट, २३ साउन। शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ मा रहेकाे पञ्चभयार माध्यमिक विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रविन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि […]