प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छ

पोखरा, २३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गरे।पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, […]

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

काठमाडौँ, २३ साउन । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको […]

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

रुपन्देही, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । […]

घ्वाङखोला सामुदायिक वनमा पार्क निर्माण

स्याङ्जा, २३ साउन । घ्वाङखोला सामुदायिक वनमा उड्डयन पार्क निर्माण गरिएको छ ।वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङखोला सामुदायिक वनमा डिभिजन वन कार्यालय स्याङ्जाको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्क निर्माण भएसँगै वालिङ बजारवासीका लागि बजारको कोलाहलबाट शान्त ठाउँमा गएर केही समय आराम गर्ने र घुमघाम गरेर केही समय बिताउने स्थलका रुपमा सो […]

पहिरोपीडितका घर गाउँपालिकाले बनाइदिने

बागलुङ, २३ साउन । तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ ।आज बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको अध्यक्ष जोकलाल बुढाले बताए । “अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरोपीडितका घर बनाउने योजना बनाएका छौँ”, उनले भने। आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् […]

सुनको मूल्य बृद्धिले रेकर्ड राख्दै, बिहीवार पनि ५ सय बढ्यो

२३ साउन, काठमाडौं । निरन्तर उकालो लागिरहेको सुनको भाउ रोकिने छाँट देखिएको छैन । विहीबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन विहीवार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीवार प्रति तोला सुनको मूल्य ५ सय रुपैयाँ बृद्धि भइ तोलाको ७० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय […]

महिला तथा बालबालिकाको उद्धार

नेपालगञ्ज, २३ साउन । बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो । सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश […]

ललितपुर र नवलपरासीमा जुवाकै खालबाट २१ जुवाडे पक्राउ

२३ साउन, काठमाडौं । नेपाल प्रहरीले ललितपुर र नवलपरासीमा कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सोही महानगरपालिका-८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ, कौडा १६ थान, पासा १ सेट […]

आईसीसीको वरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे

२३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा […]

पत्रिका बिक्रीको रकम एसिड पीडितलाई

पोखरा, २३ साउन । एसिड आक्रमणपीडित सङ्गीता मगरको अनुहारको सल्यक्रियाका लागि पर्यटन व्यवसायी महिला विष्णु गुरुङ ‘एकता’ले पत्रिका बिक्री गरेर सहयोग रकम सङ्कलन गर्न थालेकि छन । मगर २०७१ साल फागुन १० गते ट्युशन पढ्ने क्रममा एसिड आक्रमणमा परेकि हुन । सन् २०१२ मा क्यालिफोर्नियामा गठित नेपाली वुमन ग्लोबल नेटवर्कको संस्थापक अध्यक्ष तथा लेकसाइडस्थित होटल […]