वैदेशिक रोजगारीमा गएर आउँदासम्म पनि प्रअकै सुविधा लिने शिक्षक अख्तियारमा, प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

काठमाडौँ, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा जुवा तास खेलेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने गङ्गालाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिलाई […]

हेटौडा–दक्षिणकाली आउँदै गरेको टाटासुमो दुर्घटनामा परी ३ को मृत्यु ८ घाइते

हेटौडा, २० भदौ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो भीमफेदीमा पुगेपछि दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्घटनामा परी ३ जनाको मृत्यु भएको ८ जना घाइते भएको जानकारी दिएको छ । शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा […]

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

विदुर, २० भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । विसं २०२१ मा निर्माण भएको सो पुल […]

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्किएका छन । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि प्लाज्मा फेरेसिस बाट उपचार गर्न उनि यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर गएका थिए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, […]

नेपाल बहराइन प्रवेशाज्ञा उन्मुक्ति सम्झौतामा जोड

काठमाडौँ, २० भदौ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिवद्वय डा सैखा राना विन्ट लसा अल खलिफा डा सैखा अब्दुल्ला बिन अहमद बिन अब्दुल्ला अल खलिफलाई नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागिताका लागि निमन्त्रणा दिएका छन । राजदूत सुन्दासले उनिहरुलाई छुट्टाछुट्टै भेटी निमन्त्रणा दिएका मनामास्थित […]

एशिया कप–नेपालले टस जित्यो

काठमाडौँ, २० भदौ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । […]

कागेश्वरीमा भक्तजनको भीड

काठमाडौँ, २० भदौ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल […]

कञ्चनपुरमा ठूला आयोजना: प्रगति निराशाजनक

भीमदत्तनगर, २० भदौ । कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छन् । सन् २०२२ मा १५२ किलोमिटर लक्ष्य अनुसारको मूल नहर निर्माण सक्ने लक्ष्य लिएको महाकाली सिँचाइ आयोजना […]

घरवासको आर्कषण आलुका परिकार

गलकोट, २० भदौ । बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास होमस्टे मा आलुका अनेक परिकार बन्छन् । जुन परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य […]

युरोपेली पर्यटक : भ्रमण वर्ष सफलताका मुख्य आधार

पेरिस९फ्रान्स०, २० भदौ । नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरुबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो सङ्ख्या […]