भूमिसम्बन्धी ऐन, २०२१ मा सुझाव सङकलन

विराटनगर, २२ भदौ । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग शनिबार यहाँ छलफल गरिएको छ । विधायन व्यवस्थापन समिति, राष्ट्रियसभाद्वारा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुले भूमिहीन र सुकुम्वासी अलग–अलग समस्या भएकाले सोहीअनुसार समाधान हुनुपर्ने बताएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ यो आठौँ संशोधन गर्दा यसलाई अत्यन्त व्यावहारिक, व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने सहभागीहरुले […]

जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा, २२ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गरे । सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा […]

युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा

चिप्लेढुङ्गा, २२ भदौ । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

दैलेख, २२ भदौ । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय […]

आत्महत्या गर्न पासोमा लागिसकेका उपमहानगरका वडाअध्यक्षलाई डोरी काटेर बचाइयो

काठमाडौं, २१ भदौ । पछिल्लो समय देशमा आत्महत्याका घटना धेरै बढेका छन् । सर्वसाधारण मानिसदेखि राजनीतिक नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरुले समेत आत्महत्या गरेका खबर निरन्तर आइरहेका छन् । यसैक्रममा एक जनप्रतिनिधिले आत्महत्या गर्न लागेका जनप्रतिनिधिलाई बालबाल बचाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले शनिबार आत्महत्या प्रयास गरेका थिए । आत्महत्या गर्न डोरीमा […]

आज रातिदेखि टेलिकमको मोबाइलमा फोन नलाग्न सक्ने, टेलिकमले सूचना जारी गर्दै माग्यो अग्रिम माफी

काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आज शनिबार रातिदेखि देभभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ । टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति […]

एमालेबाट मेयरका उम्मेदवार, ज्यान मार्ने उद्योगमा कारागार चलान

राजविराज, २१ भदौ । रौतहटस्थित गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ। ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका शेखलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए। शेखविरुद्ध २०५८ सालमा […]

दुई दिनदेखि घरबाटै हराएकी बालिका मृत भेटिइन

चितवन, २१ भदौ । चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर […]

छ माया छपक्कैले उत्साहित रोहित

युवा चलचित्रकर्मी रोहित अधिकारी यतिबेला निकै उत्साहका साथ आफ्नो दोस्रो फिल्म छ माया छपक्कैको प्रचार अभियानमा जुटेका छन् । भाद्र १३ गते रिलिज भएको जूनको जुनेली बोलको गीतको उत्साहजनक प्रतिक्रियाले उनलाई निकै हौस्याएको छ । ‘गीत निकै मन पराइयो । खुशी लागेको छ ।’ रोहितले प्रतिक्रिया जनाए । जूनको जुनेली गीतमा दीपकराज गिरी, केकी अधिकारी, […]

खुल्लामा उपसचिव र सहसचिवको आकाङ्क्षीको अवधिको सेवा गणना नहुने

काठमाडौँ, २० भदौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुल्लामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरुको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उक्त प्रावधान राख्ने विषयमा सहमति भएको हो । […]