काठमाडौँ, २० भदौ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको सार्वजनिक शिक्षाका लागि छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन […]
मुख्य समाचार
मनसुन सक्रिय तीन दिन देशभर भारी वर्षाको सम्भावना
काठमाडौँ, २० भदौ । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ । मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने […]
अपहरणमा परेका खड्काको सकुशल उद्धार
गोरखा, २० भदौ । इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक एसपी ओम अधिकारीले जानकारी दिए । इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको […]
महिला लायन्स क्लबको हस्तकला उद्योग
चिप्लेढुङ्गा, २० भदौ । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशीलता भन्ने नारासहित पहिलो हस्तकला उद्योग सञ्चालनमा ल्याएको छ । लायन्स क्लबका ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दु लम्सालले ल्याएको ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने मूल नारालाई सफल बनाउन आफूहरुले आर्थिक समृद्धिका लागि उद्यमशीलतलाई जोड दिएको लायन्स गण्डकीका […]
कर्णाली विकासको डिजिटल नक्सा तयार हँुदै
जुम्ला, २० भदौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताए । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक क्षेत्र सजग हुनुपर्नेमा जोड […]
तस्करीमा संलग्न छ मोटरसाइकल नियन्त्रणमा
लहान, २० भदौ । सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र […]
कोरियाले उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्ने
काठमाडौँ, २० भदौ । दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौँ […]
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने: वरिष्ठ नेता खनाल
भद्रपुर, २० भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताए । झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।” वरिष्ठ नेता खनालले […]
ठगी गर्ने समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान
काठमाडौँ, २० भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ । भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङलगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका […]
होटल व्यवसायीलाई आधारभूत तालीम
खोटाङ, २० भदौ । पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा […]











