गलकोट, १५ भदौ । ‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो । पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनका लागि बागलुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल […]
मुख्य समाचार
सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक
लहान, १५ भदौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताए । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च […]
बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’
रुपन्देही, १५ भदौ । गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु […]
तपाईको खाताबाट पैसा गायव भयो कि ! बैंकिङ प्रणालीमा भएको ह्याकिङबारे बोल्यो राष्ट्र बैंक
काठमाडौं, १५ भदौ । बैंकिङ प्रणालीमा फेरि समस्या आएको छ । इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) मा नै ह्याकरले साइबर आक्रमण गरेका छन् । जसका कारण सर्भिस प्रोभाइडर नेप्समा आबद्ध ११ वाणिज्य बैंक र ६ विकास बैंकका एटिएम सेवा २४ घण्टा बन्द गर्नुपरेको छ । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणालीमा ह्याक गरेपछि केही […]
भारतमा छेपारो तस्करी गर्ने दुई जनालाई सशस्त्रका जवानले समाते
काठमाडौं । भारतमा छेपारो तस्करी गर्ने दुई जना नेपाली पक्राउ परेका छन् । टोक्यो जेको नामक प्रजातिको जीव (छेपारो) को तस्करी गरेको आरोपमा झापाका ५८ वर्षिय मोहनलाल क्षेत्री र ४८ वर्षिय ठाकुरप्रसाद गौतम पक्राउ परेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ । पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको […]
गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा
कास्की, १५ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उनले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताए । जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको […]
महान पर्व तीजको पहिलो दिन: आज दर खाने दिन
काठमान्डौं, १५ भदौ । हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुघ्द्ध निर्माण मिष्ठान्न परिकार […]
गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड
जर्मनी, १५ भदौ । जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य […]
तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा
गलेश्वर, १५ भदौ । हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट घर छाउने ढुङ्गा, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन् भने संरक्षण हुन नसकेपछि पुरिँदै […]
विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम
काठमाडौँ, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने […]











