काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनि गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको […]
मुख्य समाचार
भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट
भक्तपुर, १९ भदौ। भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो । मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने […]
गाई हत्याबारे छानबिन टोली घटनास्थलमा
दैलेख, १९ भदौ । सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका […]
कोदोको डिँढो र स्थानीय कुखुरा खोज्दै बरेङ पुग्छन् पर्यटक
बलेवा, १९ भदौ । चार महिना पहिलेसम्म बागलुङको बरेङ गाउँपालिका–२ का हिराबहादुर पुनले परम्परागत रुपमा स्थानीय जातको कुखुरा पालेका थिए हुग्दीशिरका हिरा बहादुरलाई अब भने व्यवसायिक रुपमै स्थानीय जातको कुखुरा पाल्ने दबाव परेको छ । आफ्नै नेतृत्वमा गाउँमा आउने पर्यटकको लागि खाना र बस्नका लागि व्यवस्था गर्न सञ्चालन गरिएको सामुदायिक घरबासले उनलाई कुखुराको बथान बढाउन […]
भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्म बन्द हुने
मुग्लिन, १९ भदौ । यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन […]
दिगो विकासका लागि सरकार र निजी क्षेत्रसँगसँगै
काठमाडौँ, १९ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मौलिक हक उपभोग गर्ने वातावरण तय गर्दै राज्यको आर्थिक उद्देश्य प्राप्त गर्न, न्याय र समानतामा आधारित समावेशी विकासका लागि निजी क्षेत्रको सहयोग अनिवार्य रहेको बताए। ‘दिगो विकास लक्ष्य केन्द्रीत तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उनले भने “दिगो विकास लक्ष्यका १७ वटै लक्ष्य हासिल गर्न […]
असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला
कैलाली, १९ भदौ । कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी […]
वादी समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक
नेपालगञ्ज, १९ भदौ । वादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । “विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतको […]
गुणस्तरमापन भएपछि लागत कम हुने अनुमान
इलाम, १९ भदौ । भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमति भएको थियो […]
सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर
धनगढी, १९ भदौ । सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन । प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको […]







