कम्युनिष्टले देशमा पक्षपात र भेदभावको शासन गरेको कांग्रेसको आरोप

कास्की, २४ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए । दुई तिहाइ मतसहितको […]

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन सुरु भएसँगै घट्यो इन्धनको मुल्य

काठमाडौँ, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ […]

कसुर अनुसार फरक फरक हिरासत कक्ष बनाउँदै प्रहरी

काठमाडौँ, २४ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण […]

‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’

काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका […]

सिटी बसपार्क हस्तान्तरणमा ढिलाइ

सुर्खेत, २४ भदौ । निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो ।नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताए । “हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः […]

डेढ महीनामा ६८२ चालक कारवाहीमा

अमरगढी, २४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ […]

दोलखाभरि विज्ञान शिक्षकको हाहाकार

दोलखा, २३ भदौ । जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ । आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो । जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा […]

दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मोदी र ओलीले दिल्ली र काठमाडौंबाट स्वीच दबाएर सुरु हुने

वीरगञ्ज, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको […]

तीन वर्षदेखि किन हुन सकेनन् सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कृत

काठमाडौं ।  निजामती कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले नपाएपछि त्यसबारे विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन्। कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार तेस्रो वर्ष हो। अघिल्ला दुई वर्षमा जस्तै यो वर्ष पनि निजामती कर्मचारी दिवसका अवसरमा आइतवार दशजना कर्मचारीलाई उत्कृष्ट र अन्य ३० जनालाई पुरस्कृत गरियो। सर्वोत्कृष्ट […]

नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका तीन सहमति

काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र […]