जनगायक जीवन शर्माका छोराको उपचारमा नेकपाले सहयोग गर्ने

गलकोट, १० कात्तिक । जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । “जनताको मुक्तिका लागि गीत […]

करोडको कौडा खेल्दै गरेको पूर्वमन्त्रीसहितको भीआइपी टिम पक्राउ

काठमाडौं, १० कार्तिक । कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको जानकारी दिएका छन । काठमाडौंको महाराजगञ्जमा […]

यसरी मनाइन्छ आज सम्पन्नताकी देवी लक्ष्मीको पूजा

काठमाडौँ, १० कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । […]

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती र लक्ष्मी पुजा मनाइदै

काठमाडौँ, १० कार्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, […]

कुखुराको खोरमा बसेर जुवा खेल्ने ६ जुवाडे पक्राउ

सुर्खेत, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार […]

मन्त्री ज्यू ! कहिले खुल्छ काठमाडौँको जाम?

काठमाडौँ, ९ कात्तिक । ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि सरकारले सात स्थानमा […]

यसपटकको देउसी भैलोमा सुरुङ, रेल र जलमार्गका गीत

“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग कुरा सुन्दा पनि आज खुशी लागिराछ समृद्धिको सपनाको साकार रूप चाहियो नेपालीको मुहारमा खुशी सुख चाहियो ।” उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा […]

अझै मारिन्छन चितुवा, चितुवाका अङ्गसहित दुई पक्राउ

मुसिकोट, ९ कात्तिक । रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित […]

जाजरकोटको गाउँपालिकाका सबै गाउँमा पुग्यो सडक

जाजरकोट, ९ कात्तिक । शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडाँै रकम खर्चेर गाउँपालिकाले सबै गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयवासीले सहजरुपमा […]

काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]