परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन

वालिङ, २६ भदौ । परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन । वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

सुर्खेत, २५ भदौ । तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले वातावरणीय प्रभाव मूल्याङ्कन इआइए प्रतिवेदन स्वीकृत हुने तयारीमा रहेको र प्रसारण लाइन विस्तारका लागि बोलपत्र […]

१५ सहकर्मीसहित विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनबाट गर्यो गिरफ्तार

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाटै पक्राउ गरिएको हो । चितवन मेडिकल कलेजका विद्यार्थी रहेका चन्दलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेका विप्लव […]

माछा बेचेरै टरेको छ जिन्दगी, छैनन महलका सपना

मुग्लिन, २५ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको […]

नारामा समानता तर नियतमा असमानताः समानताका नाममा असमान बजेट लाद्दै स्थानीय निकाय

घोराही, २५ भदौ । देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीय सरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि […]

भारतबाट आएका हात्तीको बथानले उखुबाली नस्ट पारेपछि किसान चिन्तित

कञ्चनपुर, २५ भदौ । लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष […]

दिक्तेल–खानीडाँडा सडक कालोपत्रे ४५ प्रतिशत मात्रै बन्यो

खोटाङ, २५ भदौ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो । करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी […]

‘प्रत्येक वर्ष जब चमेलिया नदीको छाल घरभित्रै आउँथ्यो किडीदेवीलाई मृत्युको आभास हुन्थ्यो’

दार्चुला, २५ भदौ । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । प्रत्येक वर्ष चमेलिया नदी वर्षायाममा उर्लेर आउँदा उनलाई त्यही समस्याले पिरोल्थ्यो । उर्लेर बहेको चमेलिया […]

कर्णाली राजमार्गको दुर्दशा

जुम्ला, २४ भदौ । पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा देखिएको जलवायु परिवर्तनको असरसँग जुध्न सरोकारवालाहरुलाई ‘हिमाल बचाउ अभियान’ सञ्चालन गर्न आग्रह गर्दै केन्द्रीय समितिको टोली […]

नेकपाको कार्यक्रममा कुटाकुट, आधादर्जन घाइते, फुट्यो नेताको टाउको, प्रभु साह हलबाट निकालिए

बर्दिवास, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच कुटाकुट हुँदा आधादर्जन नेता कार्यकर्ता घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा राखिएको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम यस्तो कुटाकुट भएको हो । कुटाकुटका क्रममा एक नेताको टाउको फुटेको छ भने अरुहरुको पनि गम्भीर चोट लागेको बताइएको छ । बर्दिवासस्थित सेवा […]