करोडौ रकमसहित समातिएका क्यासिनो किङ बले प्रहरी विरुद्ध अदालतमा किन गयो

काठमाडौं, ११ कार्तिक । करोडौं रकमसहित जुवाखालबाट समातिएका छ जनाले प्रहरी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । शनिवार राति महाराजगञ्जको एक घरमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा प्रहरीका विरुद्ध सर्वोच्चमा पुगेका हुन् । उनीहरुका तर्फबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरिएको हो । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा परेपछि प्रहरीले उनीहरुलाई सोमबार दिउँसो नै सर्वोच्च अदालत उपस्थित गराउने जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको जनाएको थियो ।

सो क्रममा जम्मा २४ जना पक्राउ परेका थिए । त्यसमध्ये ६ जना मात्रै अदालतमा पुगेका हुन् । प्रहरीले पक्राउ परेका २४ जनाविरुद्ध नै जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

उनीहरुको साथबाट बरामद भएको रकम गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको बताइएको छ । बरामद भएको रममा हजार र ५ सय रुपैयाँका नोट मात्र थिए ।

Loading...