भक्तपुर, ७ माघ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन। तामाङलाई मध्यपुर थिमि ४ चारदोवाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। चारदोबाटोमा अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धाकधम्की दिई जवरजस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले तामाङलाई पक्राउ […]
मुख्य समाचार
अरु कसैले उम्मेदवारी नै नदिएपछि अग्नि सापकोटा सभामुखमा निर्विरोध
काठमाडौं, ७ माघ । संघीय प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा निर्विरोध चयन हुने भएका छन् । निर्धारित समयमा अन्य दलबाट कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने बताइएको छ । संसद् सचिवालयले मंगलबार ११ देखि २ […]
बाग्मती प्रदेशभरि विद्युतीय बस
भक्तपुर, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो । त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका […]
नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ। साथै कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई समर्थन पनि नगर्ने भएको छ। कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस सचेतक पुष्पा भुसालले सभामुख तटस्थ पद रहेकाले उम्मेदवारी नदिने बताइन्। उनले उपसभामुखको उम्मेदवारी बारे कुनै निर्णय भएन बताइन्। संसदीय […]
प्रतिनिधसभाको सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता
काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवारका रुपमा सापकोटाले प्रतिनिधिसभाको भावी सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक रहेका छन् । सापकोटाको उम्मेदवारीमा नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र […]
नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचना सहित)
काठमाडौं, ७ माघ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । ‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रही क्ति रहेका […]
नेकपामा अब हरेक महिना वनभोज जानुपर्ने तर ‘तँ’ भन्न नपाइने ‘समाजवादी’ आचारसंहिता जारी
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टी सदस्यहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । सबै पार्टी सदस्यहरुले अनिवार्य लागु गर्नुपर्ने गरी जारी गरिएको आचारसंहितामा केही अनौठा प्रावधानहरु राखिएको छ । जुन प्रावधानहरु किन राख्नुपरेको हो भनेर धेरैले चासो राखेका छन् । नयाँ आचारसंहितामा अब हरेक महिना बनभोज गर्नुपर्ने, पारिवारिक जमघट गर्नुपर्ने […]
बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो । खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् […]
नेकपाबाट अग्नि, कांग्रेसले टुंगो लगाउँदै, निर्वाचन माघ १२ गते
काठमाडौं, ६ माघ । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो । दलहरुबीच माघ १२ मा सभामुखको निर्वाचन गर्ने सहमति भएको छ,’ खाँणले भने, ‘आज दिउँसो ४ बजे संसदको […]
संसद बैठकबाट शिवमायाले भनिन्: म मार्ग प्रशस्त गर्छु
काठमाडौं, ६ माघ । लामो समयको राजनीतिक खिचातानीपछि अन्ततस् उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्। मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु संसदमा उप सभामुख तुम्बाहाम्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्। यौन दुर्व्यवहार काण्डमा फसेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। उनले पदबाट राजीनामा दिएपछि सभामुख पद […]










