जनकपुरधाम, ८ माघ । जनकपुरधाम व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय […]
मुख्य समाचार
ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु
भक्तपुर, ८ माघ । अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत […]
यतीको सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले रोक्यो पर्यटन बोर्डको सिइओ छनोट
काठमाडौं, ८ माघ । पर्यटन बोर्डको सिइओ छनोट सिफारिसमा यतीका सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले छनोट प्रक्रिया रोकिदिएको छ। सिइओ छनोट उपसमितिले यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठलाई सिफारिस नगरेपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेका हो। श्रेष्ठ दुई महिनाअघि प्रधानमन्त्री कार्यालयकै सिफारिसमा ‘भिजिट नेपाल २०२०’को सचिवालय सदस्यसचिवमा नियुक्त भएका थिए। बोर्डको नियमावली ०५५ बमोजिम छनोट उपसमितिले प्रतिस्पर्धीमध्येबाट तीनजनाको […]
ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी
काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]
बढ्यो रेट्यिान्स, ५ महिनामा ४ खर्ब भित्रियो
काठमाडौं, ८ माघ । नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो । वैदेशिक रोजगारका लागि सरकारले व्यक्तिगत तर्फ […]
खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते
धादिङ, ८ माघ । मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा सान्ता र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ […]
जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम
बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]
सरकारमा सहभागी हुने विषयमा राजपाभित्र फेरि चर्कियो विवाद
काठमाडौं, ०८ माघ । राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ । चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर […]
कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने […]
नेप्सेमा मंगलबार लाग्यो उकालो
काठमाडौं, ७ माघ । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ […]










