कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले लगायो ५२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । लोडसेडिङको अन्त्य गरेर निकै चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान घिसिङका लेखा प्रमुखमाथि अख्तियारले ५२ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध ५२ लाख १३ हजार […]

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि ३५ अर्ब लाग्ने

काठमाडौँ, ४ चैत । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रकम खर्च हुने देखिएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भौतिक […]

जनमत पार्टीको अध्यक्ष बने सीके राउत, यस्तो बन्यो केन्द्रीय समिति

सिरहा, ४ चैत । स्वतन्त्र मधेश गठबन्धनको नाममा राजनीतिक क्रियाकलाप अगाडि बढाउँदै आएका डा.सीके राउतले ‘जनमत पार्टी’ गठन गरेको घोषणा गरेका छन् । दुई दिनसम्म लहानमा चलेको राष्ट्रिय परिषद् बैठकबाट सोमबार डा.राउतले जनमत पार्टी घोषणा गरेका छन् । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय रहेको छ । केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि […]

कर्णाली प्रदेशमा बाँके र बर्दियालाई समाहित गर्न थालियो बहस

सुर्खेत, ४ चैत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना […]

टुङ्गियो २ गाउँपालिकाको सीमा विवाद

लमही, ४ चैत । दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो । आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर […]

सीमाका नेपालीको जग्गा भारतीयले गरे कब्जा

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत […]

७५ प्रतिशत हाजिरी नपुगेपछि विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी […]

शिक्षक बन्नको लागि विएड पढ्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य

शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]

महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज

चलनचल्ती अनुसार बिबाहपछि महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुँदैन । उसका परिवारका अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महशुस हुनसक्छ । अब बिबाहपछि पुरुष नै महिलाको आमाबाबुको घरमा गएर बस्दा पनि घरज्वाई भनेर हेपिने र आफ्नो परिवार (आमाबाबु […]

विप्लव खोज्न व्यवसाय गरेर बसेका पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड गर्दै सरकार

काठमाण्डाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाइृ अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे […]