प्रदेश सरकारद्धारा जनता आवास कार्यक्रमलाई निरन्तरता

कोहलपुर, २३ माघ । प्रदेश सरकारले जनता आवास कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएका कारण प्रदेश ५ का विपन्न परिवार लाभान्वित हुने भएका छन् । सो कार्यक्रमवाट वास्तविक विपन्नले लाभ लिन सकुन् भनेर ५ का सांसद आफै घर दैलो अभियानमा लागेका छन् । प्रदेशसभा सदस्य कृष्णा केसी नमुना ले सोमबार बाँकेको नरैनापुरको अनुगमन गरेकी छन् ।

बाँकेको राप्तीपारीका विपन्न परिवारको घर बनाइदिने भएपछि सो क्षेत्रवाट सांसद बनेकी नमुनाले चासो देखाएकी हुन् । उनले आफ्ना मतदातालाई कार्यक्रमवाट फाइदा लिन सकुन् र वास्तविक विपन्नले सुविधा पाउन भनेर आफै अनुगमनम निस्किएको बताइन् । उनको मतदान क्षेत्र रहेको राप्तीपारीवाट ४४ घरको लागी ५ सय बढी आवेदन परेको छ । आवेदन धेरै भएका कारण वास्तविक विपन्नको पहिचान गर्न उनी फिल्डमै पुगेको बताएकी छन् ।

‘हाम्रो उदेश्य भनेको वास्तविक गरिबले घर पाउन भन्ने हो त्यसैले स्वयम अनुगमनमा निस्केको छु , उनले भनिन् ।’ ‘कच्ची, फुस्को घरमा बसेका जनताका लागि टिनको घर बनाउन लागिएको हो’, नमुनाले भनिन्, ‘त्यसका लागि आवेदन लिइसकिएको छ र आवेदन आएको मध्य वास्तविक गरिब परिवारले नै सुबिधा प्राप्त गरून् भन्ने हाम्रो ध्यय हो ।

अनुगमन पश्चात् छनोटमा परेका परिवारलाई प्रदेश सरकारले सहरी डिभिजन मार्फत रकम उपलब्ध गराउँदै जानेछ । चालु आ।व। भित्र छनोट गरिएका घरहरु बनाइसक्नुपर्नेछ प्रावधान रहेको छ । प्रदेश सरकारले यस बर्ष ४४ घरका लागि ३ लाख ५० हजारका दरले १ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरगत बन्ने घरमा १ ट्वाइलेट, वरण्डा सहित दुई कोठ टिनले छाएको भवन बनाइनेछ । १०÷१० घर राप्ती सोनारी ५ र ७ मा र नरैनापुर ६ मा १०, नरैनापुर ३ मा १० र नरैनापुर ५ मा ४ घर बनाइनेछन्’, प्रदेशसभा सदस्य केसीले भनिन् ।

Loading...