गुप्ताङ्ग काटेर बीभत्स हत्या गर्ने २ जना सार्वजनिक

झापा, २४ माघ । झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास सेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरु लाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रहेका एसपी कृष्ण तिम्सिनाका अनुसार ४० वर्षीय सेखको हत्यामा बिर्तामोड – २ कै स्थानीय २० वर्षीय करण चौधरी र २८ वर्षीय लक्ष्मण यादवको संलग्नता भेटिएको छ । स्थानीय होटलमा मादक पदार्थ सेवन गरिरहेका उनीहरुको सेख संग बिबाद भएपछी हत्या गरिएको बताइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जिप्रका झापाले हत्याको आरोपमा पक्राउ गरिएको चौधरी र यादवले हत्या स्वीकार गरेको जनाएको छ ।

”माघ २० गते साँझ एक होटलमा रक्सी सेवन गर्दा बिबाद भएपछि चौधरी र यादव दुबैजना मिलेर शेखलाई इट्टा र ढुङ्गाले हानेर घाइते बनाए त्यतिले पनि चित्त नबुझेपछि उनीहरुले सेखको लिङ्ग काटेर मारे । त्यसपछि नजिकै रहेको परालभित्र राखेर आगो सल्काइदिए ।” पत्रकार सम्मेलनमा प्रहरीले भनेको छ । उनीहरुको साथबाट लिङ्ग काट्न प्रयोग गरिएको चक्कु लगायतका सामान समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

मृतक सेख र अभियुक्त चौधरी तथा यादव बीच कुनै पुरानो रिसिवी नभएको र अचानक होटलमा मादक पदार्थ सेवन गर्नेल्रम्मा बिबाद हुँदा बिभत्स हत्याको रुप लिएको देखिएको एसपी तिम्सिनाले बताए ।

Loading...