भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने

भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे बाजा बजाउदै नगर परिक्रमा गर्ने बताइएको छ । उक्त प्रतियोगिताको मूल्यांकन भने दर्शकले गर्ने हुनाले प्रतियोगिता थप रोमाञ्चक रहने बिस्वास व्यक्त गरिएको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले यो साँस्कृतिक प्रतियोगिताले चैत ४ देखि ८ गतेसम्म हुने भक्तपुर महोत्सवलाई र समग्रमा नेपाल भ्रमण वर्ष २०२० लाई समेत  टेवा पुग्ने बताएका छन् ।

के हाे धिमे बाजा

नेवारी बाजाहरू अन्तर्गत धिमे महत्त्वपूर्ण जात्रा,चाडपर्वमा बजाईने बाजा हाे । भुछ्या,सिछ्या र धिमा सयुक्त बजाईन्छ । परापुर्व कालमा सतिदेविकाे मृत्यु पछि सबैथोक भुलेर महादेव पुरै पृथ्वी घुम्न थाल्छन् । घुम्दै जादाँ उनी एउटा पुरानाे रुखकाे सुस्ताउछन । त्यति नै बेला उनलाई बाजा बजाउन मन लाग्छ र उनी आफूले बजाउदैगरेको डमरुभन्दा ठूलो बाजा बनाउन इच्छा भएपछी उनले आफू बसेको रुख काटेर आफूले लगाएको बागकाे छाला माेडेर धिमे बनाउछन् र बजाउन थाल्छन । मानिसहरुमा यो मान्यता छ कि धिमे महादेवकाे डमरुपछिकाे प्रिय बाजा हाे। धिमे बाजा बजाउदा उनी खुशी हुन्छन ।

Loading...