विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

२३ फागुन । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी […]

यि चार विधेयक दफावर छलफलका लागि समितिमा

काठमाडौँ, २३ फागुन । आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०७६’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी […]

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था […]

सांसद चौधरीले मागे प्रधानमन्त्री र वनमन्त्रीको राजीनामा

काठमाडौँ, २३ फागुन । काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा मागेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै भ्रष्टाचारी भाइरसले देशको […]

विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ सम्बोधन गर्ने, नरेन्द्र मोदीसँग पनि भेट

काठमाडौँ, २३ फागुन । चौधरी ग्रुपका अध्यक्षले शुक्रबार इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ । समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। इकोनोमिक टाईम्सका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन […]

कोरोना त्रास: ‘भक्तपुर महोत्सव’ स्थगित

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस ९कोभेड १९० का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले छुट्टै सचिवालय समेत बनाइ तयारी तीब्र बनाएको थियो । गौतम लासिवाको नेतृत्वमा बनाइएको सचिवालयले महोत्सवको आधा […]

शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली […]

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दोश्रो बैठक सुरु

काठमाडौँ, २२ फागुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा सुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा सुरु भएको हो । कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा […]

विप्लवका जिल्ला सदस्य हतियार सहित पक्राउ

भोजपुर, २२ फागुन । ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो । बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । उनको साथबाट बम बनाउन प्रयोग गरिने […]

राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो

भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको […]