विप्लवका जिल्ला सदस्य हतियार सहित पक्राउ

भोजपुर, २२ फागुन । ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो । बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

उनको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरीएको थियो । साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद गरीएको प्रजिअ पुरीले बताए ।

Loading...