निगमद्धारा जारी सूचना, ग्याँसको अभाव हुँदैन

काठमाण्डौं, २६ फागुन । बजारमा खाद्यान्न तथा ग्यासको कृतिम अभाव देखिएपछि नेपाल आयलनिगमले सूचना जारी गरेरै ग्याँसको अभाव नहुने बताएको छ । निगमले एल।पि ग्याँस उपभोगको औषत मासिक खपत परिणाम ३८,००० मेट्रिक टन रहेकोमा बजारको बढ्दो मागलाई ध्यानमा राखी यसै महिनादेखि निगमले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाइएको निगमले जनाएको छ । बजारको […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकि छ । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । रङहरुको पर्वका रुपमा […]

अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो । यता, शिक्षा मन्त्रालयले […]

किन कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानीहरु

२५ फागुन । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुसार नानीहरु कक्षामा प्रवेश गरेपछि छाड्नै नमान्ने गरेको बताईन । उनले […]

देशकै ठूलो सौर्य प्लान्ट अन्तिम चरणमा, वैशाखदेखि बिजुली बल्ने

Solar-Plant-Singhdurbar Nepal

काठमाडौं, २५ फागुन । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि […]

मोटरसाइकल एकापसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते

महेन्द्रनगर, २५ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आइतवार दुई मोटरसाइल एकआपसमा ठोक्किदा १ को मृृत्यु, ३ घाइते भएका छन । मृत्यु हुनेमा १६ वर्षीय दिनदयाल राना रहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए। उनका अनुसार पुनर्वास नगरपालिका–८ क गाउँमा से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा […]

२ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको उजुरी परेपछि नेपालगञ्जबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट […]

अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थका कारण निवासमै आराम गर्दै छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका […]

नारीदिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तु २५ फाल्गुन । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा […]

ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा सहचालकको मृत्यु

रौतहट, २५ फागुन । रौतहटमा रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिदा सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गको चन्द्रनिगाहपुर– बागमती सडक खण्डमा भएको दुर्घटना परेर दुर्घटना हुँदा धनुषा जिल्ला शहिद नगरपालिकाका अन्दाजी २० वर्षीय मनोज कुमार यादवको मृत्यु भएको हो । मृतक यादवको शव ट्रकको स्टेरिङ च्यापिएको अवस्थामा निकालिएको थियो । सो सडक खण्डको चन्द्रपुर […]