नक्कली मुद्रा सहित दुई जना पक्राउ

काठमाडौ, ६ चैत । बुधबार साँझ नक्कली मुद्रा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् । उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी […]

लोकसेवा आयोगको सबै परीक्षा स्थगित

काठमाडौँ, ६ चैत । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ […]

(एसइई) स्थगन गरेपछि राष्ट्रिय परीक्षा बोर्डले माफि माग्यो

भक्तपुर, ६ चैत । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]

राष्ट्रियसभा बैठकमा सहभागी सांसदको तापक्रम परीक्षण

काठमाडौँ, ६ चैत । (कोभिड–१९ ) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो । चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले […]

एसईई स्थगनपछि डा. बाबुराम भट्टराईको भविष्यवाणी: काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

भक्तपुर,६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् । बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका […]

कोरोना त्रास: काठमाडौं उपत्यकाबाहिर निस्कने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरसको त्रास कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाहिर निस्कन यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने […]

तुलसीपुरमा पार्किङ्ग गरेर राखेको बसमा आगजनी

दाङ, ६ चैत । तुलसीपुरमा पार्किङ्ग गरेर राखेको बसमा आगजनी भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा नं। ५ निवासी सुमन कार्कीको ना ४ ख ७१८८ नम्बरको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजे तिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । आगलागीबाट […]

( कोभिड-१९) त्रास: प्रचण्डद्धारा आजदेखि दैनिक भेटघाट कार्यक्रम सबै बन्द

काठमाडौं, ६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ले आजदेखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् । अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी […]

त्रिविले गर्यो चैतमा हुने सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ त्रि.वि. सभा तथा […]

अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार […]