कोरोना त्रास: काठमाडौं उपत्यकाबाहिर निस्कने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरसको त्रास कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।

अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाहिर निस्कन यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।

Loading...