काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई परीक्षा स्थगित स्थगित भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]
मुख्य समाचार
नेपालमा कोरना आउदैन भन्नु गल्ती हो विश्व स्वास्थ्य संगठन
काठमाडौँ, ५ चैत । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्। विश्वका विकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा कोरोना भाइरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि गम्भीर गल्ती […]
काठमाडौंबाट १० लाख मास्कसहित एक जना पक्राउ
काठमाडौं, ५ चैत । प्रहरीले काठमाडौंको सानो भ(याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ।कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो। प्रहरीले गोरखाका युवराज न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख एसपी सहकुल थापाले जानकारी दिए।
आयल निगमले भन्छ बजारमा पेट्रोलियम पदार्थको अभाव छैन ।
काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेका बेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग […]
नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ
भक्तपुर, ५ फागुन । (नेमकिपा) नेपाल मजदुर किसान पार्टिको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउपरेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ हात्तीगौंडा बस्ने पुर्कुटीलाई […]
(कोभिड-१९) शंकामा टेकु अस्पतालमा पाँच विदेशी भर्ना
काठमाडौं, ५ चैत । (कोभिड-१९) आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि […]
प्रवेश पत्र उपलब्ध गराईदिने भन्दै विद्यार्थीसँग घुस लिदै गर्दा रंगेहात हेडमास्टर पक्राउ
जनकपुरधाम, ५ चैत । धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियारले विद्यालयबाटै घुसहित पक्राउ गरेको हो । बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको छ […]
एनआरएनए स्पेनले भन्यो ‘ संकट्को समयमा सहयोगको लागि तयार छौं’
५ चैत, । गैरआवासी नेपाली संघ स्पेनले कोरोनाको कारणले त्रासमा रहेका स्पेनवासी नेपालीका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ सहितको टिमले यस आपतिकालिन अवस्थमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एक सूचना जारी गरेका छन् । ‘हामीहरू केही समयदेखी कोरोनाको महामारीबाट त्रसित छौ । हालसम्म हामी नेपालीहरू सुरक्षित […]
दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक
काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर, ५ चैत । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ […]











