प्रवेश पत्र उपलब्ध गराईदिने भन्दै विद्यार्थीसँग घुस लिदै गर्दा रंगेहात हेडमास्टर पक्राउ

जनकपुरधाम, ५ चैत । धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियारले विद्यालयबाटै घुसहित पक्राउ गरेको हो ।

बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले प्राधानाध्यापक महतोलाई पक्राउ गरेको हो ।

Loading...