नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

भक्तपुर, ५ फागुन । (नेमकिपा) नेपाल मजदुर किसान पार्टिको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउपरेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ हात्तीगौंडा बस्ने पुर्कुटीलाई मंगलबार राति प्रहरीले राधेराधेबाट पक्राउ गरेको हो ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा पुर्कुटीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको साथबाट बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरीएको छ । पुर्कुटीको ठगी धन्धा बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...