पुरानो बसपार्क मासेर ३२ तले भ्यूटावर बनाउने भनेका ठेकेदार भेटवाल पक्राउ

काठमाडौं । ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाल पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए […]

कोरोनाले प्राधिकरणलाइ २ अर्ब घाटा हुने, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ […]

नेप्सेमा भारी गिरावट आएपछि बजार नै बन्द

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि […]

कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो । नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको […]

प्रधानमन्‍त्रीको स्वास्थ्यमा सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

काठमाडौं, २७ फागुन । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्‍त्रीको […]

 उपत्यकाबाट सात बाल मजदुरको उद्धार

काठमाडौं, २७ फागुन । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपास क्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएको हुो यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ […]

प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्‍त्रीको उपचार र […]

कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]

श्रीमतीले श्रीमानमाथि प्रहार गरिन तेजाव

काठमाडौं, २७ फागुन । सधै महिलामाथि तेजाब प्रहार गरिएको खबर आईरहेका बेलामा काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी छन ।  घटनालगत्तै अनुसन्धान थालेको महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही […]

तीन अर्ब ४८ करोड लागतमा बन्ने धरहरा पुनर्निर्माण कार्य ३३ प्रतिशत पूरा

काठमाडौं, २७ फागुन । भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण वि सं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र रुपमा काम अघि बढेको छ । अहिले निमार्ण काम जारी रहेको छ । धरहरा पुनर्निर्माण कार्य हालसम्म ३३ प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमानका अनुसार रु ८५ करोड खर्च भएको जानकारी […]