नेपाली सेनाकाे भावी प्रधानसेनापति ठानिएका शर्माले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका […]

ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने

काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द […]

नेपालगञ्जका थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी […]

नेपालगञ्ज र वीरगञ्ज गरी एकै दिन १० जनामा कोरोना स‌ंक्रमण पुष्टि, संक्रमित ६९ पुगे

काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिएका हुन् । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको […]

भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ […]

ताप्लेजुङ सदरमुकाममा मध्यराति भीषण आगलागी

काठमाडौं, २० बैशाख । प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण अागलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको हाे। मध्यराति अकस्मात सुरु भएकाे आगलागी साढे ७ घण्टापछि अघि […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]

नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ ।  नेकपाले यसअघि एमसीसीबारे […]

अध्यादेश मार्फत् एसईई र कक्षा ११ को परीक्षा खारेज गर्न सुझाब

काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य परीक्षा राष्ट्रियस्तरमा गर्न नपर्ने बताउनु भयो । शिक्षा पत्रकार समूहले कोरोना प्रभाव र बागमती प्रदेशले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक […]

विद्यालयमा सञ्चालित अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन

कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो । संस्थागत विद्यालयहरुले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेका, यसले समाजमा थप विकृती निम्त्याएको, यसको पहुँचमा […]