एजेन्सी, भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेलको शव गंगा किनारमा भेटिएको छ । उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको हो । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीसँगै […]
मुख्य समाचार
कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस
काठमाडौँ, ३० फागुन । कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस गरेको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले आफूले तयार पारेको प्रतिवेदन आज समितिमा पेश गरेको हो । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ […]
कोरोना त्रास: श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द
काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार शुक्रबारदेखि श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको छ। ‘आजदेखि वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति रोक्ने निर्णय भएको छ’, महानिर्देशक दाहालले भने। नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) को […]
स्पेनबाट फर्किने नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं, ३० फागुन । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा […]
एनसेलले ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर
काठमाडौँ, ३० फागुन । एनसेलले फेरि ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको अफर यो वर्ष पनि ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको […]
अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु
जनकपुरधाम, ३० फागुन । मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० […]
घुस लिएर भाग्दै गरेका वन प्रमुख गाडी र घुस रकमसहित गठ्ठाघरमा पक्राउ
काठमाडौं, २८ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ । एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट फरार भएको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा […]
कोरोनाको आसंकामा रोनाल्डो क्वारेन्टाईनमा
एजेन्सी । भेट्रान फुटबलर रोनाल्डो पनि क्वारेन्टाईनमा राखिएको छ । पोर्चुगलका स्ट्राईकर तया युभेन्टसका चर्चीत खेलाडी क्रिस्टीयानो रोनाल्डो पनि कोरोनाको आसंकामा करेन्टाईनमा बसेका छन् । उनि आफ्नी आमालाई पोर्चुगलमा भेट्न गएका बेला संक्रमित भएको हुनसक्ने आसंका गरिएको छ । उनका टिममेट रुगानीलाईपनि कोरोनको संक्रमण भएको हुनसक्ने पोर्चुगलका अखवारहरुले छापेका छन् ।
विद्युतीय सवारी चार्जमा नयाँ महसुल,
सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ । सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल […]
कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार
काठमाडौं, २९ फागुन । विश्वव्यापी महामारीको घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो । विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको […]











