काठमाडौँ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् […]
मुख्य समाचार
काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति […]
ननस्टप समाचार प्रभाव: सरकारी गाडीले काठमाडौं ओसारेका मान्छे सर्लाहीमै फर्काइयो
काठमाडौं, २५ बैशाख । बुधवार एक सरकारी गाडीले सर्लाहीबाट काठमाडौं ल्याएकाहरुलाई फिर्ता गरिएको छ । लकडाउनको उल्लंघन गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको एक गाडीमा सर्लाहीबाट काठमाडौं ल्याइएका ४ जनालाई उतै फिर्ता गरिएको हो । सर्लाहीको होरैता नगरपालिका २ निवासी ४ जना बुधवार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको […]
विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका […]
विभिन्न जिल्लाबाट आउने सवारीलाई भक्तपुर नाकाबाट प्रवेश निषेध
भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो । पूर्वी र तराईका जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपी राजमार्ग, सिन्धुली […]
सबै सांसद र कर्मचारीको आज कोरोना परिक्षण गरिदै
काठमाडाैं, २५ बैशाख । शुक्रबारदेखि सुरु हुने संघीय संसदको वर्खे अधिवेशन संचालनको लागि बिहीबार सबै सांसद र कर्मचारीको पिसिआर परिक्षण गरिँदै छ। संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा […]
कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु ब्राजिलमा
काठमाडौं, २५ बैशाख । ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो। जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय […]
विश्वचर्चित अभिनेता टम क्रुजले अन्तरीक्षमा पहिलो फिल्म सुटिङ गर्दै
एजेन्सी । हलिउड अभिनेता टम क्रुजले नासासँगको सहकार्यमा अन्तरीक्षमा पहिलो फिल्म छायांकन गर्ने भएका छन्। अन्तरीक्षस्थित इन्टरनेसनल स्पेस स्टेसनमा सो फिल्मको सुटिङ हुनेछ। त्यसका लागि क्रुज अन्तरीक्ष यात्रामै जाने छन् या छैनन्, स्पष्ट छैन। फिल्मका बारेमा कुनै जानकारी दिइएको छैन। तथाप सो फिल्म मिसन इम्पोसिबलको नयाँ शृंखला भने हुने छैन। ‘स्पेस स्टेसनमा एउटा फिल्मका लागि […]
लकडाउनमा सरकारी गाडीबाटै तराईबाट काठमाडौंमा मान्छे ओसारिदै
काठमाडौँ, २४ बैशाख । सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार आइरहेकै बेला सरकारी गाडीले नै मान्छे ओसार्ने गरेको पनि खुलेको हो । यसैक्रममा बुधवार […]
कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा थप १७ जना थपिए
काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको […]









