काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भर्खरै डिस्चार्ज भएका हुन् ।उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री […]
मुख्य समाचार
प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौं, फागुन ३० गते । मृगाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज भएका छन् । स्वास्थ्य लाभ भएपछि आज साँझ नै उनी डिस्चार्ज भएका हुन् । उनी १० दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगाैला दिएकी थिइन् । समीक्षा यस अघि […]
(कोभिड–१९) को सङ्क्रमण भित्रिन नदिन पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क
काठमाडौं, ३० फागुन । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी […]
गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण
गुल्मी, ३० फागुन । गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्। इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा […]
अत्याधिक वर्षा पछि डोल्पामा भारी हिमपात शुरु, विमानस्थल बन्द
डोल्पा, ३० फागुन । आज बिहानदेखि शुरु भएको वर्षात्पछि डोल्पामा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ । बिहानैदेखि शुरु भएको हिमपात […]
कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्यो २४ घन्टे कल सेन्टर
काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब आजबाट […]
कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन मोदीको प्रस्ताव
काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा […]
मोटरसाइकल दुर्घटना हुदा दुई को मृत्यु
कञ्चनपुर, ३० फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको […]
कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । […]
प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ
काठमाण्डौँ, ३० फागुन । प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ गर्ने भएको छ । कोरोना संक्रमण रोक्न पूर्व तयारीका लागि आवश्यक सबै संयन्त्र परिचालन गरेको छ । कोरोना संक्रमण रोक्न सामाजिक विकास मन्त्रालय तथा त्यस अन्तर्गतका स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरु सकृय भएका छन् । प्रदेश ५ मा भारतको सीमा क्षेत्रबाट ठूलो संख्यामा आवतजावत […]











