रास्कोट नगरपालिकाले देशभर रहेका ७०० नागरिकलाई गर्यो उद्धार, १७४३ लाई राहत वितरण

कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाले देशका विभिन्न भागमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी फर्काएको जनाएको छ । नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले एक विज्ञप्ति जारी गर्दै देशभर अलपत्र परेका आफ्नो नगरका सात सय नागरिकलाई उद्धार गरेको जनाएका हुन् ।

त्यसैगरी नगरपालिकाले नगरभित्रका मजदुर, विपन्न, असहाय गरी १७४३ जनालाई तीन चरणमा राहत वितरण गरिएको पनि जानकारी गराएको छ । कोरोना भाइरसको महामारीमा विश्व लडिरहेको र नेपालमा पनि लकडाउनले जनजिविका कस्टकर भएकोले नगरवासीलाई सुरक्षित बनाउन र समस्या समाधान गर्न नगरसरकार हरतरहले लागिरहेको पनि नगरप्रमुख बरालले जनाएका छन् ।

नगरले वितरण गरेको राहतका विषयमा केही व्यक्तिले अनावश्यक गलत आसयका साथ अनर्गल प्रचार गरेको भन्दै उनले त्यसबारे पनि प्रष्ट पारेका छन् । उनले नगर कार्यपालिकाले निर्णय गरेर नगर सरकारले ३६० क्वीन्टल (१२०० प्याक) चामल नेपाल खाद्य संस्थानको कालिकोट सदरमुकाममा रहेको मान्म शाखाबाट खरिद गरी वितरण गरिएको र त्यो खरिद गरिएको चामल मध्ये वितरण गर्ने क्रममा ३ बोरा चामल गुणस्तरहीन भेटिपछि त्यसलाई फिर्ता गरी नयाँ चामल उपलब्ध गराइसकिएको पनि उनले बताएका छन् । तर, त्यही कुरालाई कतिपयले अनावश्यक प्रचारवाजी गरेको उनको भनाई छ । उनले खाद्य संस्थानको मान्म शाखामा शील प्याक गरिएको चामल नै नगर सरकारले खरिद गरी लगेको हुँदा त्यसमा नगरसरकारको कुनै कमजोरी नरहेको पनि प्रष्ट पारेका छन् ।

नगरप्रमुख बरालले विज्ञप्तिमा भनेका छन्, “नगरकार्यपालिकाको निर्णय वमोजिम गएको २०७६ साल चैत्र २८ गते सरकारदेखि सरकार खरिद प्रकृया मार्फत नगरले ३६० (तीन सय साठी क्वीन्टल) अर्थात प्रति बोरा ३० के.जी का दरले १२०० प्याक चामल नेपाल खाद्य संस्थान कालिकोट मान्म शाखाबाट खरिद गरेको थियो । नेपाल खाद्य संस्थान मान्म शाखाले २०७६ पौष महिनामा सिल प्याक भएको चामल उपलब्ध गराएको थियो । सोही शिल प्याक चामल बोराको वाहिरी भागमा कुनै पनि समस्या नदेखिकन म्याद युक्त भएको उक्त चामल सम्पूर्ण वडाका विपन्न नागरिकहरुलाई सिल सहितको ३० के.जी चामल, २ के.जी दाल, १ पोका तेल र १ पोका नुन वितरण गरिएको जानकारी गराउन चाहन्छौ । वडा नं ९ मा वितरण गरिएको चामलमा शील खोलेर उपभोग गर्ने क्रममा चामलको गुणस्तर नभएको खुल्न आएपछि तुरुन्तै सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सदस्यको पहलमा उक्त चामल फिर्ता गरी नयाँ चामल उपलब्ध गराउने निर्णय कार्यान्वन भइसकेको कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छु । अझ पनि वितरण मध्ये सिलप्याक गरिएको उक्त म्याद युक्त चामल खोलेर उपभोग गर्ने क्रममा गुणस्तरहीन देखिन आएको छ भने नगर आफ्ना नागरिकलाई यस कठिन घडीमा गुणस्तरयुक्त खाद्यान्न उपलब्ध गराउन कटिबद्ध रहि निरन्तर लागिरहेको जानकारी गर्दछौ ।”

नगरप्रमुख बरालले यसका विषयमा नगरका तर्फबाट छानविन प्रक्रिया पनि अगाडि बढाइएको बताएका छन् । आफूहरु जिम्मेवारपूर्ण ढंगले काम गर्दा गर्द पनि पूर्वाग्रहीपूर्ण तरिकाले नागरिकलाई भ्रम छर्नेगरी अफवाह फैलाउने काम भएको उनको भनाई छ । उनले विज्ञप्तिमा भनेका छन्, “वैशाख २४ गते तेश्रो चरणको राहत वितरणको क्रममा वडा नं ९ मा वितरित केही बोरामा त्रुटिपूर्ण चामल भेटियो भन्ने कुराको वास्तविकताको खोजी अनुसन्धान र नगर सरकारले उक्त विषयप्रति सुरुदेखि नै संयम र जिम्मेवार भएर चालेको कदमलाई ओझेलमा पार्ने प्रयास सहित पूर्वाग्रही ढङ्गले अनर्गल प्रचार गर्ने कोशिसप्रति हाम्रो ध्यान आकर्षण भइराखेको छ । यसका अलावा नगरको तर्फबाट यो प्राविधिक त्रुटीपुर्ण विषयको छानवीन प्रकृया समेत अगाडि बढाइएको छ । यति संयमता र जिम्मेवारीपूर्ण ढङ्गले राहत उपलव्ध गराउँदै गर्दा पनि यो विषय माथि केही मान्छेहरुले पूर्वाग्रही ढङ्गले विषयलाई अतिरन्जित तोडमोड गरेर गलत र अनर्गल तथ्य र वास्तविकता हिन अपवाह फैलाउने भ्रम छर्ने दुस्प्रयास भइराखेको र गरिराखेको स्थितिको नियतप्रति भत्र्सना गर्दछौ । अन्तमा राजनितिक दल, आम जनता, संचार माध्यम सम्बन्धित सरोकारवाला पक्ष, शिक्षक बुद्धिजिवी समाजसेवी लगायत सम्पूर्णमा गलत अपवाहको पछि नलाग्न र यस कठिन घडिमा सम्पूर्णमा मजवुत एकता मार्फत जो जहाँ कमि कमजोरी भएको छ, त्यसको सहि किटान गरि आगामी दिनमा यस्तो हुन नदिन उच्च सतर्क रहेर अगाडि वढ्न विशेष अपिल गर्न चाहन्छौ ।”

Loading...