ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र ‘अरूका लागि सहयोग गर्न जुटेकाहरूको’ प्रशंसा गरिन्। उनले ‘प्रत्येक घण्टा’ काम गरेर “सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्याउने’ अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्। […]
मुख्य समाचार
कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ ।उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको […]
५० हजार ग्रामीण महिला स्वयंसेवी खटाइने, बिरामी ‘रिसिभ’ गर्ने जिम्मा सेनालाई
काठमाडौँ । मुलुकभर रहेका ५० हजार ग्रामीण महिला स्वयंसेविकालाई पनि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले महिला स्वयंसेविकालाई बीमालगायत सुविधा दिएर स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको हो । महिला स्वयंसेविकालाई कस्तो […]
अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू चारजनाको निधन भएको हो। यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु […]
खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।’ डा […]
सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा […]
कोरोना परीक्षणको व्यापकता बढाउन काँग्रेसको आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ । […]
आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार […]
विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित
काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ। फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार […]
जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो
सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ। नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट […]











