काठमाडाैं । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेश जान थप कडाइ गर्ने निर्णय गरेको छ। यद्यपि लकडाउनको अवधि लम्ब्याउनेबारे भने कुनै निर्णय भएन। अहिले जारी रहेको लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय केस देखिएका […]
मुख्य समाचार
एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो । मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको हो । एकैदिन आज संक्रमितको संख्या ३ ले बढेर ९ पुगेपछि सरकार झस्किएको छ । १ महिला विदेश नगए पनि कोरोना […]
मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप
जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। अहिले कोरोनाभाइरस सङ्क्रमणाबट युरोपेली देश र अमेरिका अतिप्रभावित भएको देखिएको छ। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले […]
सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने
अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् उनले ओभल अफिस भनिने आफ्नो कार्यकक्षमा मास्क लगाएर बसेर विभिन्न देशका “राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा र […]
शिवराज नगरपालिकाद्वारा राहत सामग्री खरीदका लागि मूल्यसूची माग
शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ । राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो । समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, […]
बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत
कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । समूहका सदस्य तथा स्थानीय मनकारी मन भएका ब्यक्तित्वहरूको सहयोगमा विपन्न परिवारलाई राहत प्रदान गरिएको भू.पू. […]
शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने
शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । […]
चिनियाँ गरिबी निवारण कोष जनकपुरमा
चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे । जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र, प्रहरी कार्यालय लगायतका विभिन्न सार्वजनिक स्थानमा शुक्रबार हातको सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका सामाग्री पर्याप्त मात्रामा राखिएको […]
चीनमा राष्ट्रिय शाेक
चीनमा शनिवार शोक घोषणा गरिएको छ र चिनियाँहरु कोभिड १९ का कारण ज्यान गुमाउने आफन्त लाई सम्झना र जनसेवा गर्दागर्दै ज्यान गुमाउनेहरुको सम्मान गरिरहेका छन् । राष्ट्रपति शी जिनपिङ शनिबार कोरोनाभाइरस निमोनिया कोभिड १९ का कारण मरेका स्वदेशीको बिरूद्ध लड्न आफ्नो ज्यान अर्पण गर्ने शहीदहरूको लागि राष्ट्रिय शोकको अवधिमा सहभागी भए । शी र अन्य […]
विदेश यात्रा नै नगरेका व्यक्तिमा नेपालमा पहिलोपटक देखियो कोरोना संक्रमण
काठमाडौं, २२ चैत । नेपालमा पहिलोपटक एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको भेटिएको छ। भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ। धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले […]










