काठमाडौं, ६ असोज । एअरपाेर्टबाट जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गाेविन्द केसी अन्तत: शिक्षण अस्पताल पुगेका छन् । ९ अाै दिनकाे अनसनमा रहेका डा. केसीले आफूलाइ शिक्षण अस्पतालमा नलगी कुनै पनि उपचार परिक्षण गर्न नदिने अडान लिएर बाहिरिएपछि उनलाइ अबेर ट्रमा सेन्टरबाट सारिएकाे हाे । मंगलबार अनशनकै क्रममा उनलाइ नेपालगञ्जबाट काठमाडौं ल्याइएकाे थियाे । […]
मुख्य समाचार
अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे
एजेन्सी । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। अझै धेरै मर्न सक्ने उद्धारकर्ताले चिन्ता व्यक्त गरेका छन् । सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् । ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्ने सामान्य […]
१ लाख ५१ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका सम्पादक श्रेष्ठलाई
काठमाडौं, ५ असोज । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलको तयारी छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान […]
पीसीआर टेस्ट घट्यो तर फेरि थपिए एकै दिन ११५४ संक्रमित
काठमाडौं, ५ असोज। पीसीआर परीक्षण घटे पनि नेपालमा काेराेनाकाे संक्रमण भने घटेकाे छैन । साेमवार मात्र नेपालमा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमण काठमाडाै उपत्यकामा नै देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा साेमवार ६७४ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमात्र ५३८ जना रहेका […]
एकैदिन थपिए १३२५ जना कोरोना संक्रमित
काठमाडौं, ४ असोज । आइतबार नेपालमा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । त्यसमध्ये सबैभन्दा बढी काठमाडाैं उपत्यकामा थपिएका छन् । उपत्यकामा पछिल्लाे २४ घन्टामा ७६७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भेटिएका ७६७ जना संक्रमित मध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना […]
हुम्लाका २१ संघीय कार्यालयहरुको खर्च सवा दुई अर्बभन्दा धेरै
हुम्ला । आ.व.२०७६/०७७मा हुम्लामा स्थापित तथा सञ्चालित २१ संघीय सरकार मातहतका कार्यालयहरुको कुल खर्च सवा दुई अर्बभन्दा धेरै भएको छ । जसमा चालुतर्फ ८८.१८ प्रतिशत र पूँजीगतर्फ ७०.०७ प्रतिशत खर्च भएको छ । हुम्लामा संघीय सरकार मातहतका २१ कार्यालयहरु रहेका छन् । जसमा जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको […]
सेना समायोजनबाट एकै गाउँमा १ करोड ५० लाख रकम
हुम्ला । १० वर्षे जनयुद्ध सकिएको १४ वर्ष पूरा हुँदा पनि हुम्लाका सहिद परिवारले भने अहिलेसम्म पनि पूरा राहत पाएका छैनन् । हुम्लाको थाली गाउँका ५० जना माओवादीमा गएकामध्ये चार जना सहिद भएका थिए । हुम्लाको सदरमुकाम सिमकोटबाट करीब पाँच घण्टा टाढापर्ने साविकको टाढा राया गाविसको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना […]
हुम्लामा १ अर्ब ५० करोड बराबरका भेडाबाख्रा
हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाको तथ्यांकअनुसार हुम्लामा १८ हजार ५३५ भेडा रहेका छन् । यसको हालको मूल्य ३७ करोडभन्दा धेरै हुन आउने पशु सेवा […]
उत्तरी हिल्छा नाका खोल्न माग
हुम्ला । हुम्लाको उत्तरी हिल्छा नाकालाई सुरक्षित र व्यवस्थित रुपमा खुला गर्नका लागि हुम्ला उद्योग वाणिज्य संघ, हुम्लाले जिल्ला प्रशासन मार्फत माथिल्लो निकायमा ज्ञापनपत्र दिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाए पनि सामान आयात निर्यातका लागि उचित मापदण्ड अपनाएर खोल्न माग गरेको छ । हुम्ला उद्योग बाणिज्य संघले हुम्लाका व्यावसायहरु धाराप पर्दै गएकोले उतरी हिल्सा […]
बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्। जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुुभक्त उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिबार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला […]











