जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ घाइते

वीरगञ्ज, १३ मंसिर । जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किएर घाइते भएका मध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका […]

जम्मु–कश्मीरको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत […]

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि तीन ठाउँमा मतदान हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अहिलेको मतदान भने अध्यक्ष वाहेक […]

जिप दुर्घटनामा परी गुल्मीमा ६ जनाको मृत्यु

गुल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी […]

बाँदरको सिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु

सुर्खेत, १० मंसिर । बाँदरको सिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे […]

करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ […]

बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले खाेस्याे : झडपमा ३ घाइते

बर्दीबासमा बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले पोस्ट मार्टमका लागि जनकपुर पुर्याएको छ । हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले शव जनकपुर पुर्याएको हो । शवसहित पूर्वपश्चिम राजमार्गमा मंगलवार दिनभर बालिकाका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका आक्रोशित भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाएको थियो । सो क्रममा ३ […]

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, पेन्सन बुझेर फर्किएकाहरु परे र्दुघटनामा

कैलाली, ९ मंसिर । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा […]

बैंकले लिलाम गरेको जग्गामा सर्वोच्चले दियो सुधीर बस्नेतको पक्षमा फैसला

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको […]