काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनविरुद् १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहे र विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित आज जवाफ बुझाउँदै सभामुख […]
मुख्य समाचार
निषेधाज्ञा अब स्वरूप परिवर्तन, ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय
काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले […]
खेलकुद महासंघले दियो प्रहरीलाई स्वास्थ्य सामाग्री
नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा रहेको महासंघको टोलीले बुधवार प्रहरी परिसर र वृत्तमै पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको निर्वाचन उपसमितिका सचिव अशोकराज ढुंगेलले जानकारी […]
लमजुङको दोर्दी खोलामा ठूलो बाढी, जलविद्युत आयोजनामा ठूलो क्षति, २ घर बगे
लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ । दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी आएपछि आफूहरु क्याम्पबाट भागेर ज्यान जोगाएको पनि बताए । बाढीले धेरै विद्युतका पोलहरु ढाल्नुका साथै अन्य भौतिक संरचनामा पनि ठूलो […]
निषेधाज्ञा एक हप्ता थपियो, पुस्तक र हार्डवेयर पूरै, तरकारी र खाद्यान्न पसल ११ बजेसम्म खुल्ने
काठमाडौं, ३० जेठ । उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यद्यपि संक्रमण दर कम […]
कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको १९ बुँदे पत्रः
काठमाडौं । कर्णाली प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे पत्राचार गरेको छ। मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कंडेलले पत्र लेखेका हुन्। पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस […]
अमेरिकाले ल्यायो बी३डब्ल्यू योजना, चीनको बीआरआईलाई काउन्टर दिन ल्याइएको चर्चा
काठमाडौं । विश्वका प्रमुख ७ बलिया अर्थतन्त्र भएको मूलुकहरु सम्मिलत जी ७ बैठकमा चीनसँग प्रतिस्पर्धा गर्ने रणनीतिहरु तय भएका छन्। क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलत समूहले चीनसँग प्रतिस्पर्धा गर्नको लागि न्युन र मध्यम आय भएका देशहरूलाई सहयोग गर्ने योजना अपनाएका छन्, जस अन्तर्गत जी७ देशहरूले उनीहरूलाई राम्रो पूर्वाधार निर्माण गर्न मद्दत […]
गण्डकीमा कृष्णचन्द्र बने मुख्यमन्त्री, मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेपालीले तत्कालका लागि सबै मन्त्रालयको कार्यभार आफैसँग राखेका छन्। उनीसँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्का, […]
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न-नगराउन आदेश गरेको छ। संवैधानिक इजलासले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा […]
प्रधानमन्त्री ओली सहित सबै दललाई सभामुख सापकोटाले बोलाए बैठकमा
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनैतिक दलका नेताहरुलाई छलफलमा बोलाएका छन् । सभामुख सापकोटाले बुधबार प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई २८ गते शुक्रबार छलफल गर्न बोलाएका छन् । सभामुख सापकोटाले बर्तमान समसामयिक विषयमा छलफल गर्नका लागि बोलाएको पत्रमा उल्लेख गरिएको छ ।










