काठमाडौँ महानगरलाइ संस्थागत क्षमता स्व—मूल्याङ्कनमा ७८ अङ्क

  काठमाडौँ । संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको हो । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई पफेकल पर्सन तोकेको […]

आयोगले गर्यो प्रतिनिधिसभा निर्वाचन कार्यतालिका खारेज

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तको बैठकले निर्वाचन कार्यतालिका खारेज गरेको हो । पूर्ववर्ती केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कात्तिक २६ गते शुक्रबार र माघ ५ गते शुक्रबार प्रतिनिधिसभाको निर्वाचन गर्ने […]

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

सुर्खेत । प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको […]

२ खर्ब ९३ अर्बले चालू खाता घाटामा- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा […]

विप्लव नेकपाका नेता ओलीलाई सर्वोच्चले दियो थुनामुक्त गर्न आदेश

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ […]

शान्तिपूर्ण राजनीतिपछि प्रचण्ड र विप्लवको पहिलो पटक भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

तीन महिना भित्र एक तिहाइ नागरिकलाई खोप लगाउने देउवा सरकारको निर्णय

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई चैत भित्र खोप लगाइसक्ने निर्णय गरेको छ । मंगलबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय गरिएको हो । बैठकले असोजभित्र एक तिहाइ जनसंख्यालाई र चैतसम्म सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई […]

बने देउवा पाँचौँ पटक प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति […]

सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक […]

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यी संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ। एमाले माधव नेपालसमुह , माओवादी केन्द्र , […]