देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यी संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ।

एमाले माधव नेपालसमुह , माओवादी केन्द्र , जनता समाजवादी उपेन्द्रसमूह लगाएतका १४९ जना सांसदले देउवालाई बहुमतको प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।

उक्त दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर नगरी संसद विघटन गरेकी थिइन्। अदालतले मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन समेत जारि परामादेशमा भनिएको छ ।

Loading...