काठमाडौँमा राति ९ बजेसम्म देउसी खेल्न पाइने

काठमाडौँ । काठमाडौँ जिल्लामा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने बताएको छ । पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ ।

सार्कका महासचिवसहितको टोली लुम्बिनीमा

बुटवल । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् । सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश […]

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यही कात्तिक २२ मा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते डाकिएको छ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार […]

टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !

काठमाडौँ । टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ। तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य […]

पाँच दिने अल्टिमेटमसहित नेपाल बारले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो […]

देउवालाई न्यायालय सुद्धिकरणको पक्षमा उभिन कांग्रेसमा गगनसहित १२ नेताको दवाव

काठमाडौँ । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् । ‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय […]

प्राध्यापक संघका पूर्वअध्यक्षहरुले मागे प्रधानन्यायाधीश राणाको राजीनामा

काठमाडौँ । प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन हुनुपर्नेमा प्रधानन्यायाधीश राणाले त्यसको मर्म नबुझेको टिप्पणी गरेका छन् । अहिले न्यायापालिकामाथि गम्भीर संकट आएको र त्यसको जिम्मेवार राणा रहेको भन्दै राणाले तत्काल निकास दिनुपर्ने […]

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र […]

एमाले बैठकमा केपी ओली र भिमरावलबीच

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनलाई लिएर चर्काचर्की भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकका क्रममा उपाध्यक्ष रावलले एमालेलाई एक बनाइराख्ने शर्त अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासोसहित ओलीमाथि प्रश्न गरेका थिए। १० […]