पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतमा पनि यसको मूल्य बढेको छ । नेपालले भारतबाट इन्धन आयात गर्दै आएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो ।

Loading...